काठमाडौं, ८ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ । आज सम्पन्न भएको केन्द्रीय समितिको बैठकले थापाको राजीनामा अस्विकार गरेको हो । थापाले प्रतिनिधिसभाको गत फागुन २१ मा सम्पन्न निर्वाचनको परीणामलाई लिएर नैतिकताको आधारमा राजीनामा दिएका थिए । कार्यसमिति बैठकले सर्वसम्मत् रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता देवराज चालिसले सभापति थापाको राजीनामा सर्वसम्मत् रुपमा अस्विकार गर्ने निर्णय भएको जनाए । उनले भने, ‘वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको छ। राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले राजीनामा अस्वीकार गर्ने निर्णय भएको हो, राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएको हो।’ सभापति थापा भने राजीनामा दिएलगत्तै पोखरा गएका थिए । उनी परिवारसहित पोखरा घुम्न गएका थिए । उनी आजमात्रै काठमाडौं फर्किएका छन् ।




प्रतिक्रिया