काठमाडौं, ९ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता राजेन्द्र गौतमले यो निर्वाचनमा जनताले परिवर्तन चाहेको र त्यहीअनुसार मत जाहेर गरेको बताएका छन् । आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले आफूहरु पनि जनताले चाहेबमोजिम परिवर्तन हुन नसकेको स्विकारेका छन् ।
उनले २१ फागुनको निर्वाचनमा बालेन शाहसँग सबैतिर चुनावी प्रतिष्पर्धा भएको बताए । उनले चुनावमा बालेन शाहको नाममा लोकप्रियताको हावा चलेको बताए । अहिले नयाँ शक्तिको नाममा रास्वपाको उदय भएको उनको तर्क छ । जनताले दिएको जनमतअनुसार अब बन्ने सरकारले जनताका मुद्दाहरुलाई सम्बोधन गर्न सक्छ कि सक्दैन भनेर रास्वपालाई हेरिएको उनको टिप्पणी छ ।
उनले जनमतलाई स्विकार गरेर जानुपर्ने पक्षमा आफू रहेको बताए । उनले नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामालाई पोलिटिकल स्टन्टको संज्ञा दिए । उनले निर्वाचनमा व्यहोरेको हारको जिम्मा अध्यक्ष केपी शर्मा ओलीले मात्रै नभएर एमालेको कोर अफ लिडरसिपले लिनुपर्ने तर्क गरे । निर्वाचनमा हारको जिम्मा पदाधिकारीले लिनुपर्ने उनको भनाई छ ।




प्रतिक्रिया