कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक


काठमाडौं, ९ चैत्र । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि चैत्र १० गते मंगलबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी.नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाएका छन् ।

हिजोबाट शेरबहादुर देउवा र शेखर कोइराला समूहले सक्रियता बढाएका छन् । उनीहरुले १४औं महाधिवेशनको केन्द्रीय समितिको नै बैठक बोलाउने तयारी गरेका छन् । २१ फागुनको निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछि सभापतिबाट गगन थापाले राजीनामा दिएका थिए । तर, हिजो सम्पन्न भएको बैठकले थापाको राजीनामा अस्विकार गर्ने निर्णय गरेको छ । भोलिको बैठकमा भने सभापति थापा पनि उपस्थित् हुने बताईएको छ ।