नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो


काठमाडौँ, ९ चैत । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर २,९३६.५६ विन्दुमा बन्द भएको छ। बजार खुलेको अधिकांश समय नेगेटिभ रहेको भए पनि अन्तिम समयमा परिसूचकले सकारात्मक मोड लिएको हो।

सोमबार सेन्सेटिभ इन्डेक्स ०.२८ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०३ अंक बढेको छ।यद्यपि, कारोबार रकममा गिरावट आएको छ। आइतबार २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ३४२ स्टकको १ लाख ५६ हजार ३८१ पटकको कारोबारमा १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ बराबरको ३ करोड ८० लाख ७३ हजार कित्ता शेयर किनबेच भएको छ।यस दिन चार स्टक—सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावर—सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने फस्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य करिब ९ प्रतिशतले बढेको छ। गिरावट आएका स्टकहरुको औसत घटावट ४ प्रतिशतभन्दा कम रहेको छ।कारोबार रकमको आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ, जसको ६७ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

शिवम् सिमेन्ट्स र नेशनल हाइड्रोपावर कम्पनीको कारोबार क्रमशः ६० करोड र ५७ करोड रुपैयाँ नाघेको छ।१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूह घटेको छ।

उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशतले बढेको छ भने जलविद्युत र म्युचुअल फण्ड उपसमूह करिब १ प्रतिशतले बढेका छन्। बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य रूपमा घटेको छ।