काठमाडौं, ९ चैत्र । रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई भएको थियो ।
तर, मुद्दाको सुनुवाई नसकिएपछि आज यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु विनोद शर्मा र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाई भएको थियो ।
तर, आज सुनुवाई सकिएन । अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल र अधिवक्ता आभाष रेग्मीसहित तीन जनाले छुट्टाछुट्टै दायर गरेको रिटमा आज सुनुवाई भएको थियो ।





प्रतिक्रिया