‘हाप पाइन्ट’ लगाएर वार्षिक परीक्षाको अनुगमन गर्न पुगे वनका अध्यक्ष


काठमाडौं, चैत १० । कैलालीको एक सामुदायिक विद्यालयको वार्षिक परीक्षाको अनुगमन सामुदायिक वनका अध्यक्षले गरेका छन्। जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ स्थित मष्ठा बण्डाली आधारभूत विद्यालयको वार्षिक परीक्षा वनका अध्यक्ष जगत कडायतले गरेका हुन्।

चैत ८ गते विद्यालयमा परीक्षा चलिरहेको अवस्थामा पुगेका स्थानीय कालिका सामुलायिक वन उपभोक्ता समितिका अध्यक्ष कडायतले परीक्षा हलभित्र पसेर परीक्षाको अनुगमन गरेका हुन्। हाप पाइन्ट लगाएर परिक्षा कोठामा प्रवेश गरेका वनका अध्यक्षले वार्षिक परीक्षाको अनुगमन गरेको विवरण विद्यालयका प्रधानाध्यापक अक्कलबहादुर सुनारले नै सार्वजनिक गरेका हुन्।

प्रधानाध्यापक सुनारले सामाजिक सञ्जाल फेसबुकमा वनका अध्यक्षले परीक्षाको अनुगमन गरेको व्यहोरासहितको तस्विर सार्वजनिक गरेका हुन्। उनले ‘आजबाट वार्षिक परीक्षा सुरू, वन उपभोक्ता समितिका अध्यक्ष जगत कडायत अनुगमनमा’ भन्ने क्याप्सन लेखर कडायतको फोटो पोष्ट गरेका थिए, तर उक्त फोटो भने प्रधानाध्यापक सुनाले अहिले हटाएका छन्।