प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको रुपमा भोलि विहान केसीले राष्ट्रपतिसमक्ष शपथ लिने तय


काठमाडौं, १० चैत्र । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नवनिर्वाचित सदस्यहरुको शपथ चैत्र १२ गते तय भएको छ। भोलि चैत्र ११ गते भने ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने तय भएको छ । ज्येष्ठ सदस्यको रुपमा केसीले नै नवनिर्वाचित सांसदहरुलाई शपथ खुवाउने तय भएको हो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा केसी ज्येष्ठ सदस्य हुन् । उनी नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुन् । उनले भोलि (बुधबार) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने तय भएको छ । शपथ समारोह बिहान ११ बजे तय भएको छ ।

चैत्र १२ गते उनै ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित बाँकी २७४ सांसदलाई दिउँसो २ बजे सिंहदरबारको रहेको बहुउद्देश्यीय हलमा पद तथा गोपनियताको शपथ खुवाउने भएका छन् । चैत्र १३ गते प्रधानमन्त्रीको रुपमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले शपथ लिने तय भइसकेको छ । file photo