रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने निर्णयविरुद्धको रिट आजपनि हेर्दाहेर्दैमा


काठमाडौं, १० चैत्र । रास्वपाका सभापति तथा पूर्वमन्त्री रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

यो रिटको सुनुवाई अब आगामी चैत्र १२ गते बिहीबार हुने भएको हो । रिटमा निवेदकको तर्फबाट बहस सकिएको छ । अब सरकारी वकिल र लामिछानेसहितका पक्षका कानून व्यवसायीहरुको बहस बाँकी छ। हिजो (सोमबार) न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भएको थियो ।