काठमाडौं, चैत ११ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) यही चैत १९ गतेदेखि सुरु हुँदैछ । गत वर्ष चैत ७ देखि नै सुरु भएको एसईई यस वर्ष २१ फागुनमा भएको निर्वाचनको कारण १२ दिनपछि सरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष ५ लाख १० हजार विद्यार्थी एसईई परीक्षामा सामेल हुँदैछन् । गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थीले एसईई दिएका थिए ।
यस वर्ष गत वर्षको तुलनामा ४ हजार विद्यार्थी घटेका छन् । यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीमध्ये ६३ हजार एक्जाम्टेड छन् । यस वर्ष कुल परीक्षार्थीमध्ये दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्र छन् ।
एसईई सञ्चालनका लागि १९ सय ९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । १९ चैतदेखि २९ चैतसम्म बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ । परीक्षालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार पाँच सय सुरक्षाकर्मी खटाउनेछ ।




प्रतिक्रिया