काठमाडौं, ११ चैत्र । २१ फागुनमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमार्फत विजय ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल–निवासमा आज (बुधबार) आयोजित एक समारोहबीच केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्।
अब उनै केसीले प्रतिनिधिसभाका अरू सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाउने भएका छन् । भोलि (बिहीबार) को लागि प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको सपथ खुवाउने कार्यक्रम तय भएको छ ।




प्रतिक्रिया