काठमाडौं, ११ चैत्र । वरिष्ठ अधिवक्ता तथा राष्ट्रिय सभाका पूर्व सदस्य रामनारायण बिडारीले रवि लामिछानेसँग मुद्दामा सर्वोच्च अदालतबाट फैसला नआए वा आएपनि विपरित फैसला आयो भने सांसद पदको शपथ खान असहजिलो रहेको बताएका छन् ।
आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘सर्वोच्च अदालतको फैसला आएन भने वा विपरित आयो भने वा फैसला आएन भने शपथ खान अलिकति असहजिलो छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनले मुद्दा लागेपछि स्वतः निलम्बन हुन्छ भन्ने व्यवस्था गरेको छ, त्यो सम्पत्ति शुद्धीकरणको मुद्दा अहिले उहाँ (रवि लामिछाने) लाई लागिरहेको अवस्था छ, अब सरकारी वकिल वा महान्यायाधिवक्ताले त्यो चाहीँ म संशोधन गर्छु, सम्पत्ति शुद्धीकरण मुद्दा म झिक्छु भनेर सरकारी वकिलले जिल्ला अदालतमा निवेदन दिएको छ, जिल्ला अदालतले म यो सर्वोच्चको रिट टुँग्गिएपछि हेर्छु भनेर आदेश गरेको छ । उहाँको शपथ के हुन्छ मलाई थाहा छैन । अदालतले के गर्छ भन्ने कुरा हेर्न बाँकी छ ।’
उनले प्रतिनिधिसभाको उपसभामुख फरक दललाई दिईनुपर्ने भन्दै रास्वपालाई त्यहीअनुसार निर्णय लिन सुझाव दिएका छन् । स्वतन्त्र सांसद महावीर पुनलाई उपसभामुख बनाउँदा हुने उनको तर्क छ । उनले बालेन शाह प्रधानमन्त्री बन्न लागेको भन्दै सानो मन्त्रिपरिषद् बनाउने कुरा राम्रो भएको भन्दै प्रशंसा गरे । उनले बालेनले चुनाव जितेपछि अविरे जात्रा रोकेको भन्दै त्यसको पनि उनले प्रशंसा गरे ।




प्रतिक्रिया