काठमाडौं, ११ चैत्र । चैत्र १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्दैछन् । उनले शपथको तयारी गरिसकेका छन् । यता, चुनाव सफल रुपमा सम्पन्न गरेर सुशीला कार्की नेतृत्वको सरकार पनि बिदा हुँदैछ ।
मन्त्रीहरुले धमाधम मन्त्रालयबाट बिदा लिएका छन् । प्रधानमन्त्री कार्कीले शुक्रबार नै बालुवाटार छोड्ने भएकी छिन् । सिंहदरबारमा मन्त्रीहरुले धमाधम बिदा लिएका छन् । आज तीन वटा मन्त्रालय जिम्मा लिएका मन्त्री अनिलकुमार सिंहले पनि मन्त्रालयबाट बिदा लिएका छन् ।
मन्त्रीको रुपमा सिन्हले ६ महिना ६ दिन काम गरेका छन् । सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी लिएका थिए । पछि उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मा थपिएको थियो ।




प्रतिक्रिया