काठमाडौं, ११ चैत्र । नौलो प्रकाशद्धारा लिखित जेन–जी भावना तथा क्रान्तिका शहीदप्रति समर्पित ‘कहानी संग्रह–२०८२’ विमोचन गरिएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरेर उक्त संग्रह विमोचन गरिएको हो ।
वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई, सुकदेव न्यौपाने, इन्जिनियर रुद्रराज काफ्ले, स्वतन्त्र राजनीतिज्ञ ऋषि धमलालगायतले उक्त संग्रह लोकार्पण गरेका हुन् । कार्यक्रममा स्वतन्त्र राजनीतिज्ञ ऋषि धमलाले पुस्तकको कभरमा राखिएको ‘रक्ताम्य जुत्ता’ देखाउँदै पुस्तकको महत्वबारे प्रकाश पारेका थिए ।




प्रतिक्रिया