काठमाडौं, ११ चैत्र । रास्वपाका सभापति रवि लामिछानेले भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आफू नख्खु कारागारबाट नभागेको बयान दिएका छन् । जाँचबुझ आयोगलाई बयान दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
उनले आफूले कारागार प्रशासनका सुरक्षा अधिकारी र अरु कर्मचारीले सुरक्षाका कारण आफूलाई कारागार बाहिर गइदिन अनुरोध गरेकोले बाहिर निस्किएको बताएका छन् । बरु, आफूले भीडलाई नियन्त्रणमा राख्नको लागि सम्बोधन गरेको उनको तर्क छ ।
उनले आफूले अदालतको आदेशबिना कारागारबाट बाहिर निस्कन अस्वीकार गरेको पनि दाबी गरेका छन् । त्यसदिन प्रहरी आत्तिएको र कारागारमा जम्मा भएको भीडले आफूलाई धकेल्दै बाहिर पुर्यायोएको लामिछानेको दाबी छ । file photo




प्रतिक्रिया