काठमाडौं, ११ चैत्र । अर्थमन्त्री रामेश्वर खनालले रास्वपाका वरिष्ठ नेता बालेन शाहले साइत देखाएर शपथ खाने भएपछि आलोचना गरेका छन् । उनले यो साइत देखाएर शपथ खाने परम्परा कत्ति पनि मन नपरेको भनेका छन्।
उनले आफूहरुलाई साइत हेर्ने वा देखाउने छुट वा समय नभएको स्मरण गराएका छन् । तर, इतिहासमा पहिलोपटक स्वच्छ निर्वाचन सम्पन्न भएको भनेर खनालले उपलब्धि साझा गरेका छन् । उनले फेशबुकमा लेखेका छन्–
Without malice to anyone!
यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन !!
हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन !!!
तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !!!!
Intent and honesty is more important than cosmic timing !!!!!




प्रतिक्रिया