काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २३ गते आफूले प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको र तत्कालिन प्रधानमन्त्री केपी ओलीले प्रतिवन्ध हटाएको बयान दिएका छन् ।
जाँचबुझ आयोगलाई दिएको बयानमा देउवाले यस्तो बताएका हुन् । उनले भनेका छन्,” २०८२ भाद्र २३ गतेको दिन म बूढानीलकण्ठ वडा नं २ बासुकी मार्गस्थित मेरो निजी निवासमा थिएँ र सो दिन बेलुका बालुवाटारमा पनि उपस्थित भई मैले सामाजिक संजालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेर तत्कालीन प्रधानमन्त्रीले हटाउनु भएको थियो तर म कुनै औपचारिक बैठकमा सहभागी थिइनँ।”
उनले भदौ २४ गते विहान जेनजी आन्दोलनकारीहरु विहान १० बजे नै निवासमा भेला भएको र नाराबाजी गरेको बयान दिएका छन् । उनले सोबारे भनेका छन्- “भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू मेरो निजी निवासमा भेला भई नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्दा रोक्दै हामीमाथि हातपात भयो र केही जियनजेडका युवाहरूले बचाए। हामी राति २२:०० बजेतिर सुरक्षित स्थान पुग्यौं।” देउवाले आफ्नो निवासमा भेटिएको रकम एआईबाट बनाईएको पनि बताएका छन् ।





प्रतिक्रिया