आजेदखि कुन शहरमा पेट्रोलियम पदार्थको मूल्य कति?


काठमाडौं, चैत १२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले आजदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५/१५ रुपैयाँ बढाएको हो ।

निगमको निर्णयअनुसार नयाँ मूल्य समायोजन अनुसार आजदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६७ रुपैयाँ पुगेको छ ।

त्यस्तै, तराईका क्षेत्रहरू चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोल प्रतिलिटर १८४.५० रुपैयाँ र डिजेलरमट्टितेल १६४.५० रुपैयाँ कायम गरिएको छ । सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल १८६ रुपैयाँ र डिजेल १६६ रुपैयाँ पुगेको छ ।