काठमाडौँ, १२ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण पश्चात अब राष्ट्रिय स्वतन्त्र पार्टी ४ बजेदेखि हुने केन्द्रीय समितिको बैठक तयारीमा जुटेको छ। त्यस लगत्तै ५ बजे संसदीय दलको बैठक हुनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठकको तयारी अन्तिम अवस्थामा पुगेको छ।
शपथ ग्रहण पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समितिका सदस्यहरू पार्टी केन्द्रीय कार्यालयमा आउने क्रम जारी छ।






प्रतिक्रिया