काठमाडौं, १२ चैत्र । राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले अब बन्ने सरकारलाई रचनात्मक सहयोग रहने बताएका छन् । प्रतिनिधिसभा सदस्यको रुपमा शपथ खाएपछि मिडियाकर्मीहरुलाई दिएको प्रतिक्रियामा उनले यस्तो बताएका हुन् ।
उनले यो सदनमा राप्रपाका सांसदहरुले रचनात्मक भूमिका खेल्ने बताए । उनले बालेन शाह नेतृत्वको अब बन्ने सरकारलाई विधिको शासनको लागि सहयोग गर्ने बताए ।
उनले भने,‘देशले नयाँ नेतृत्व पाएको छ । हामी विधिको शासनका लागि के भूमिका खेल्नुपर्छ हामी सोहीअनुसार गर्छौं, हामी सुशासनलाई स्वागत र भ्रष्टाचारलाई खबरदारी गर्छौं ।’ file photo




प्रतिक्रिया