हामी नेपालको मात्र होइन, विश्वकै नयाँ इतिहास रच्दैछौं : सांसद ढकाल


काठमाडौं, १२ चैत्र । रास्वपाका नेता तथा सांसद सागर ढकालले समय सोचेभन्दा छिटो बित्ने भन्दै त्यसप्रति सचेत रहेको उल्लेख गरेका छन् । उनले आफुहरुले नेपालको मात्र नभएर विश्वकै नयाँ इतिहास रच्न लागिरहेको पनि बताएका छन् । सांसदको रुपमा शपथ खाएको पाँच घण्टा बितिसकेको भन्दै अब ३० हजार घण्टा बाँकी रहेको उल्लेख गर्दै नेपालले मात्रै नभएर अब विश्वले नै नेपालबाट नेतृत्व परिवर्तनको एउटा बलियो सन्देश पाउन लागेको पनि ढकालले बताएका छन् ।

उनले लेखेका छन्-“सपथ खाएको ५ घण्टा भयो। अब करिब ३०,००० घण्टा बाँकी छ। समय सोचेभन्दा छिटो बित्छ, त्यसैले हामी सचेत छौँ। हामी नेपालको मात्र होइन, विश्वकै नयाँ इतिहास रच्दै छौँ। भोलिदेखि संसारभरका बहालवाला प्रधानमन्त्रीहरूमध्ये हाम्रा प्रधानमन्त्री बालेन सबैभन्दा कान्छो हुनुहुनेछ। नेपालले मात्र होइन, अब विश्वले नै नेपालबाट नेतृत्व परिवर्तनको एउटा बलियो सन्देश पाउँदैछ। हामी उत्साहित र खुसी हुनुभन्दा पनि यो ठुलो जिम्मेवारीप्रति बढी सचेत र सजग छौँ। यो जिम्मेवारी हाम्रो काँधमा एउटा चुनौती बनेर आएको छ। हामी यसलाई नेपालको इतिहासकै सबैभन्दा सफल अध्याय बनाउन प्रतिबद्ध छौँ।”

Skip This

Omoda E5 Pro