काठमाडौं, १२ चैत्र । संविधानविद् डा. भीमार्जुन आचार्यले भदौ २३ र भदौ २४ गतेको घटनाको बारेमा छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन गाईको बारेमा निवन्ध लेख्न भनेकोमा गधाको निवन्ध लेखेर कपी बुझाएजस्तो भएको भन्दै आलोचना गरेका छन् । उनले भदौ २३ र भदौ २४ को त्यति संवेदनशील अपराध र देशद्रोहीलाई पूरै विषयान्तर गरिएको दाबी गरेका छन् ।
उनले फेशबुकमा लेखेका छन्-
गाईको बारेमा निवन्ध लेख्न भनेकोमा लद्दु विद्यार्थोले चार ओटा खुट्टा त मिल्छ नि भनेर गधाको निवन्ध लेखेर कपी बुझाए जस्तो भयो जॉंचबुझ आयोगको प्रतिवेदन । भदौ २३ र २४ को त्यति संवेदनशील अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरी त्यो केही पनि होइन र त्यसदिन खास केही भएकै थिएन जस्तरी प्रतिवेदन बनाउन आयोग सफल भयो । उक्त घटनाका योजनाकार र संलग्नहरूको चाहना यही थियो, शायद पुरा भयो । देश अझैं देश जस्तो हुन सकेन । जनताको करबाट पालिने राज्यका पदाधिकारी देश र जनताभन्दा अरूका सेवक जस्ता भए र देखिए ।




प्रतिक्रिया