काठमाडौं, चैत १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोल प्रसाद अर्याल (डीपी) लाई प्रतिनिधिसभाको सभामुख बनाउने भएको छ। आज बिहान बसेको पार्टीका उच्च तहका नेताहरूको बैठकले काठमाडौं ९ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका अर्याललाई सभामुख बनाउने निर्णय गरेको जनाइएको छ ।
धादिङमा निम्न परिवारमा जन्मिएका अर्यालले शिक्षा, पर्यटन, वैदेशिक अध्ययन, सहकारी र रेमिटेन्सको क्षेत्रमा लामो समय काम गरिसकेका छन् । अर्याल २०७९ माघ ३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए ।
रास्वपा स्थापना र संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका अर्याल यसअघि गृहमन्त्री हुने चर्चा रहेको थियो । रास्वपाले गृह मन्त्रालयको नेतृत्व भने सांसद सुधन गुरुङलाई सुम्पिएने तयारी गरेको छ । रास्वपाले गुरुङलाई शक्तिशाली मन्त्रालयको नेतृत्व सुमिने विषयले अहिले समाजिक सञ्जाल तातेको छ । रास्वपा संसदीय दलका नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि आजै उनको नेतृत्वमा मन्त्रिमण्डल गठन हुँदैछ ।




प्रतिक्रिया