काठमाडौं, १३ चैत्र । उद्योगमन्त्रीमा नाम सिफारिश भएका डा. अमरेशकुमार सिंहको नाम अन्तिम समयमा हटाईएको छ । प्रधानमन्त्रीमा नियुक्त बालेन शाहले आजै पूर्ण क्षमतमा मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । रास्वपाले शाहको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्दा सिंहको पनि नाम थियो ।
तर, अन्तिममा प्रधानमन्त्री शाहले सिंहलाई सिफारिश गरिएको उद्योग मन्त्रालयपनि आफैंसँग राखेका छन् । प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयपनि आफूसँग राखेका छन् । सर्लाही–४ बाट निर्वाचित सिंहले सुरुमा परराष्ट्र मन्त्रालय मागेको बताईन्छ । तर, रास्वपा नेतृत्व सिंहलाई परराष्ट्र मन्त्रालय दिन तयार भएन । अन्तिममा उनलाई उद्योग मन्त्रालय सिफारिश गरिएपनि प्रधानमन्त्री शाहले सो मन्त्रालय पनि आफैंसँग राखेपछि सिंह मन्त्री बन्ने रेसबाट आउट भएका हुन् ।




प्रतिक्रिया