काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई ज्ञापन गरेका छन् । ओलीले आफ्नो फेशबुकमार्फत प्रधानमन्त्री शाहलाई सफल कार्यकालको लागि शुभकामना समेत व्यक्त गरेका छन् ।
उनले लेखेका छन्–‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’ शितलनिवासमा आयोजित प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथग्रहण समारोहमा भने ओली गएका थिएनन् ।




प्रतिक्रिया