कार्की आयोगको प्रतिवेदन खारेज र मन्त्रिपरिषदको प्रतिशोधपूर्ण निर्णय फिर्ता गर : एमाले महासचिव पोखरेल


काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र भदौ २४ गतेको घटनाको अनुसन्धान गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन् । उक्त प्रतिवेदन पूर्वाग्रही रहेको उनको टिप्पणी छ । आजमात्रै प्रधानमन्त्रीमा नियुक्त भएका बालेन शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

पोखरेलले मन्त्रिपरिषद्को निर्णयलाई पनि प्रतिशोधपूर्ण भनेका छन् । उनले मन्त्रिपरिषद्को निर्णयपनि खारेज गर्न माग गरेका छन् । जाँचबुझ आयोगको प्रतिवेदनले तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दोषी देखाउँदै कारबाहीको लागि सिफारिश गरेको छ ।