काठमाडौं, १३ चैत्र । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको लागि आजैबाट सक्रिय भएका छन् । मन्त्री गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका चिफसँग आज गम्भीर छलफल गरिसकेका छन् ।
अहिले उनी मध्यरातमा प्रहरी हेडक्वार्टर नक्शाल पुगेका छन् । गृहमन्त्री गुरुङसँगको छलफलमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्रका एआईजी गणेश ठाडा मगर र काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्कीलगायत सहभागी छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले नै जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्री गुरुङ प्रहरी उच्च अधिकारीहरुसँग छलफलमा बसेका हुन् । जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखकलगायतलाई अनुसन्धानमा ल्याई कारबाही गर्न भनेको छ। उता, एमालेका २३ वटा जनवर्गीय संगठन प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न चेतावनी दिएका छन् ।




प्रतिक्रिया