काठमाडौं, १४ चैत्र । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको निन्दा गरेका छन् । उनले अविलम्ब दुवै जनालाई रिहा गर्न माग गरेका छन् । उनले लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रमक नभई संयम हुनुपर्ने सुझाएका छन् । प्रतिशोध र बदला नभएर सम्वाद र सहकार्यको बाटोमा जानुपर्ने पनि उनको राय छ ।
उनल लेखेका छन्-
लोकतान्त्रिक ब्यवस्थामा राज्य र सरकार आक्रमक होईंन संयम हुनु पर्दछ ।
प्रतिशोध र बदला होईन संवाद र सहकार्यको बाटोमा जानु पर्दछ ।
कानूनी राज्य र बिधिको शासनको उपहास मान्य छैन ।
घटनाको न्यायीक, निष्पक्ष र पारदर्शी छानबीन हुनु पर्दछ ।
हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु । अविलम्ब रिहाईको माग गर्दछु ।
जनताबाटप्राप्त जनादेशको दुरुपयोग नहोस, सरकारको ध्यानाकर्षण गर्दछु ।
हाम्रो पार्टीले कानूनी र राजनीतिकबाटो लिनु पर्दछ । संयम र धैर्यताकासाथ एकताबद्ध भएर प्रतिकुल परिस्थितिको सामना गरिने छ ।




प्रतिक्रिया