बिहानैदेखि प्रहरी कार्यालयको निरीक्षणमा गृहमन्त्री गुरुङ


काठमाडौं, चैत १४ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आज बिहानैदेखि एकाएक प्रहरी कार्यालयको निरिक्षणमा लागेका छन् । शुक्रबार गृहमन्त्रीमा नियुक्त भएका उनी आज बिहानै रामशाह पथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेका छन् । करिव १५ मिनेट महाशाखामा विताएका मन्त्री गुरुङ लगत्तै ललितपुर प्रहरी कार्यालय पुगेका छन् । गृहमन्त्री गुरूङ आफैँ गाडी चलाएर ललितपुर प्रहरी कार्यालय पुगिरहेका छन्। उनी एक्कासी किन प्रहरी कार्यालय पुगे भन्ने बारेमा केही खुलाइएको छैन ।

यसअघि उनले केपी शर्मा ओली र रमेश लेखकलाई प्रतिशोधको आधारमा नभई कानुनी आधारमा पक्राउ गरिएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका थिए । ओली र लेखक पक्राउ प्रकरणसँगै विकसित सुरक्षा र राजनीतिक अवस्थाका बीच गृहमन्त्री गुरुङको प्रहरी कार्यालय भ्रमणलाई लिएर विभिन्न चासो बढाएको छ ।