ओली पक्राउ परेपछि काठमाडौंमा विरोध प्रदर्शन सुरू


काठमाडौं, चैत १४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउपरेपछि काठमाडौंमा विरोध प्रदर्शन सुरू भएको छ ।
अध्यक्ष ओलीलाई पक्राउ गरेर स्वास्थ्य परिक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याएसँग एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा सडक प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक प्रदर्शनमा उत्रने प्रतिक्रिया दिएका थिए । ओली पक्राउ परेपछि पार्टीले औपचारिक निर्णय गर्न सचिवालय बैठक बोलाएको छ ।