काठमाडौं, चैत ११४ । नेकपा (एमाले)का उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानुनी दफाहरुको कुनै आधार नभएको दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठकका लागि पुगेका उपाध्यक्ष पन्तले सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुनी आधार बिना पक्राउ गर्नु गम्भीर रहेको बताएका हुन् । उनले अध्यक्ष ओलीमाथि लगाइएका दफाहरु तर्कसंगत नभएको समेत दाबी गरेका छन् ।
पन्तले एमालेले यस विषयमा आजै छलफल गर्ने र कानुनी रूपमा कडा प्रतिवाद गर्ने जानकारी दिए। उनले भने, “समस्या अब गम्भीर भएको छ, तर जुन दफाहरु लगाइएको छ, त्यसको आधार देखिँदैन। त्यसैले हामी आज छलफल गर्छौँ र कानूनी रूपमै प्रतिवाद गर्नेछौँ। त्यसपछि सचिवालय बैठकमा थप रणनीति तय हुनेछ।” उनले सचिवालय बैठकपछि थप रणनीति तय गरिने बताए ।




प्रतिक्रिया