एमाले सचिवालय बैठक : अध्यक्ष ओलीको तत्काल रिहाईको माग, भोलिबाट व्यापक जनप्रदर्शन गरिने



काठमाडौं, १४ चैत्र । नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएपछि बसेको आकस्मिक सचिवालय बैठकले तत्काल रिहाईको मागसमेत गरेको छ । आजको बैठकले आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।

यस्तै, प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने पनि निर्णय भएको बस्नेतले जानकारी दिए । यस्तै, लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्नेपनि निर्णय लिईएको उनको भनाई छ । बैठकले नागरिक समाज र आम जनसमुदायसंग सहकार्य गर्ने भनेको छ ।र्ने।