ओली पक्राउ परेपछि बोल्यो अनेरास्ववियु, ‘गैरकानूनी कार्यको सशक्त प्रतिकार गर्दछौं’


काठमाडौं, १४ चैत्र । नेकपा (एमाले) को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउको विरोध गरेको छ । विधिशास्त्रको न्यूनतम मान्यता तथा कानूनी राज्यको उपहास गरेको भन्दै वर्तमान सरकारको नियतलाई समेत यो घटनाले छर्लङ पारेको उसको ठहर छ ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दिपक धामीद्वारा आज विज्ञप्ति जारी गरी ओली र लेखकको रिहाईको माग गरेका छन् । उनले गैरकानूनी कार्यको सशक्त प्रतिकार गर्न देशैभरिका मातहतका कमिटीहरुलाई अनुरोधसहित निर्देशन पनि दिएका छन् ।

यस्तो छ विज्ञप्ति