ओली पक्राउप्रति एमालेले माइतीघरमा ३ बजे प्रदर्शन गर्ने


काठमाडौँ, १४ चैत । नेकपा एमालेले आज अपराह्न ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने जनाएको छ ।

नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त जानकारी दिएका हुन् । उनले लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिनका लागि सबैलाई सहभागिता हुन् आह्वान गरेका छन् ।

उनले लेखेका छन्, “पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष क केपी शर्मा ओली लाई प्रतिशोधपूर्ण तथा बदलाभावले गरिएको पक्राउको विरोधमा आज अपराह्न ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुँदैछ। लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिन सबैलाई सहभागिताका लागि हार्दिक आह्वान गर्दछु।”