ओली र लेखक पक्राउप्रति नेपाल तरुण दलको निन्दा, ‘यो कदम प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित’


काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसनिकट भ्रातृ संगठन नेपाल तरुण दलले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति कडा निन्दा गरेको छ । संगठनको तर्फबाट अध्यक्ष विद्धान गुरुङले आज एक विज्ञप्ति जारी गरेर ओली र लेखक पक्राउ गर्ने कदमलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै घोर भत्र्सना गरेका छन् ।

अध्यक्ष गुरुङले एकपक्षीय र दुराशयपूर्ण निर्णयहरूले लोकतान्त्रिक मूल्यमा ठाडो प्रहार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने खतरा रहेको औंल्याएका छन् । तरुण दलले वर्तमान सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न, विधि र प्रक्रियाअनुसार पारदर्शी तथा निष्पक्ष ढंगले अघि बढ्न र राजनीतिक सहिष्णुता कायम राख्न आग्रह गरेको छ।