काठमाडौं, १४ चैत्र । नेपाल विद्यार्थी संघले पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको घटनामा आफ्नो धारणा सार्वजनिक गरेको छ । नेविसंघले ‘लोकरञ्जनवाद होईन, विधिको शासन, शहीदको रगतमा प्रतिशोधको राजनीति अस्विकार्य’ भनेर आज विज्ञप्ती निकालेको हो ।
नेविसंघका प्रवक्ता सुरज सेजुवालको नाममा जारी विज्ञप्तिमा भनिएको छ,‘भदौ २३ र भदौ २४ गतेका घटनाहरुको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्षको पूर्वनिर्धारित धारणाअनुसार नै प्रतिवेदन सार्वजनिक भएको र फलस्वरुप उक्त प्रतिवेदन अपूर्ण, प्रतिशोधपूर्ण र त्रुटिपूर्ण व्याख्यामा आधारित छ । नैतिक वा राजनीतिक जिम्मेवारी र फौजदारी दायित्व एउटै होइन भन्ने भेद नबुझी कोही कसैलाई पक्राउ र अभियोजन गर्नु राजनीतिक प्रतिशोध मात्र हो ।’
ओली र लेखकलाई पक्राउ गर्दा सरकारले मुलुकी फौजदारी संहिताको दफा ९ को ६ को समेत व्यापक दुरूपयोग गरेको नेविसंघको ठहर छ । ओली र लेखक पक्राउ गर्ने निर्णय तत्काल खारेज गर्न र पक्षपातपूर्ण निर्णयहरु जबरजस्ती कार्यान्वयन गर्न खोजिए कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।





प्रतिक्रिया