ललितपुर, १४ चैत । ललितपुर महानगरपालिका-४ धोबीघाट ढुङ्गेधारा बस्ने चितवन कालिका नगरपालिका-९ घर भएकी ४० वर्षीया शान्ती लामाको टहरोमा जुवातास खेलिरहेको अवस्थामा शान्ती समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५४ हजार ६ सय ४५ रूपैयाँ, ६ सेट कौडा र ५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया