ओली–लेखक पक्राउबारे बोल्यो कांग्रेस,‘भदौ २३ र भदौ २४ दुवै दिनको घटनामा संलग्न जोसुकै भएपनि कारवाही हुनुपर्छ’


काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसले भदौ २३ र भदो २४ गते दुवै दिनको घटनामा संलग्न जोसुकै भएपनि कारबाही हुनुपर्ने बताएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले अज एक विज्ञप्ति जारी गरेर यस्तो बताएका हुन् । उनकाअनुसार २०८२ भदौ २३ र २४ को घटनाका सन्दर्भमा भदौ २५ गते नै नेपाली कांग्रेसले उच्चस्तरीय आयोगमार्फत २३ गतेको दमन र २४ गतेको विध्वंशको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको थियो भने भदौ २७ गते तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा वसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले “भदौ २३ र २४ गतेका घटनाको छानवीन गरी दोषी देखिएकालाई कारवाहीको दायरामा ल्याउन” आग्रह गरेको थियो।

उनले नेपाली कांग्रेस प्रारम्भबाट नै भदौ २३ र २४ दुवै दिनका घटनाको निष्पक्ष, कानूनसम्मत र पूर्वाग्रह रहित ढङ्गले छानविन गरी आवश्यक कानूनी कारवाही गर्नुपर्छ भन्ने पक्षमा अविचलित र दृढ रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्–