काठमाडौं, १४ चैत्र। भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि सुरक्षा खतरा बढेको भन्दै सुरक्षा संयन्त्रले सुरक्षित स्थानमा राख्नेगरि तयारी थालेको छ । आयोगको सिफारिशबमोजिम सरकारले पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि कांग्रेस र एमालेका कार्यकर्ताहरु प्रतिवादमा उत्रिएका छन् ।
उनीहरुले आज देशव्यापी रुपमा प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा र केही ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो ।
यता, आयोगको अध्यक्ष कार्कीमाथि सुरक्षा जोखिम बढेको महशुस गरेर सरकारले उनलाई उचित सुरक्षाको प्रवन्ध गर्न लागेको छ । सुरक्षा निकायनिकट उच्चस्रोतकाअनुसार उनलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरिएको छ । कार्कीको निवास पनि भक्तपुरको गुण्डुमा छ । त्यहाँ पनि अहिले बाक्लो मात्रामा प्रहरी खटाईएको छ ।




प्रतिक्रिया