काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकारले ल्याएको एकसय वटा कार्यसूची राम्रो भएको टिप्पणी गरेका छन्। भण्डारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् कार्यसूची कार्यान्वयनको पक्षमा विशेष जोड दिनुपर्ने बताएका छन् ।
उनले समयमै काम नगर्नु पनि भ्रष्टाचार हो भन्ने मान्यतालाई संस्कृतिमा रूपान्तरण गर्न जरुरी रहेको बताएका छन् ।
उनले भने,”देश एउटै हो, समस्या साझा छन् । देश र जनताका लागि गरिने काम सबैको हो भन्ने चेतना बसाल्नुपर्छ।”
उनले लेखेका छन्, “कार्यान्वयन पक्ष सक्षम हुने हो भने – बालेन्द्र सरकारको समय सहितको एकसय वटा कार्यसूची राम्रो छ। तर समयमै काम नगर्नु पनि भ्रष्टाचार हो भन्ने मान्यतालाई संस्कृतिमा रूपान्तरण गर्न जरुरी छ। देश एउटै हो, समस्या साझा छन् । देश र जनताका लागि गरिने काम सबैको हो भन्ने चेतना बसाल्नुपर्छ। काम नगर्नेका विचार भनेका पुस्तकालयमा थन्किएका, कसैले नपढ्ने किताब जस्तै हुन्।”




प्रतिक्रिया