काठमाडौं १५ चैत्र । नेपाली कांग्रेसमा रमेश लेखक पक्राउ प्रकरणमा संस्थापन र संस्थापनइतर समूहको नाममा दुई वटा कांग्रेस प्रकट भएको चर्चा छ । पूर्णबहादुर खड्काले हिजो कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गरेपछि सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिका पदाधिकारीहरुलाई टाउको दुखाईको विषय बनेको छ ।
खड्काले हुँदै नभएको कार्यवाहक सभापति भनेर आफूलाई प्रस्तुत गरेको भन्दै संस्थापन समूहले अब कारबाही गर्नपनि पछि नपर्नेगरि छलफल थालेको छ । खड्काले विज्ञप्ति जारी गरेको विषयमा सभापति गगन थापाले जानकारीमा लिएको भनिएको छ । तर, एकथरीले अब खड्काको सदस्यता नै नवीकरण गर्न नहुने तहसम्मको बहस गरेका छन ।
चुनावपछि कांग्रेसमा शेरबहादुर देउवा र शेखर कोइराला समूहले १४औं महाधिवेशनको कार्यसमितिको नाममा समानान्तर गतिविधि बढाएका छन् । उनीहरुले कार्यवाहक सभापतिको रुपमा खड्कालाई नै सक्रिय बनाएका छन् ।




प्रतिक्रिया