काठमाडौं, १५ चैत्र । नेपाल प्रहरीको सिआईबीको टोलीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई पक्राउ गरेको छ । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो । खड्का काठमाडौंको बुढानिलकण्ठस्थित् निवासबाटै पक्राउ परेका हुन् ।
प्रहरीले खड्कालाई जरूरी पक्राउ पुर्जी थमाएर पक्राउ गरेको हो । उक्त जरुरी पक्राउ पुर्जीमा भनिएको छ,‘तपाईंलाई सम्पत्ति शुद्धिकरण सम्बन्धि कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ (दफा ९ को उपदफा ६) सँग सम्बन्धित बमोजिम यो पक्राउ पुर्जी जारी गरिएको छ।’ भदौ २४ गते खड्काको निवासबाट पैसा उडाईएको विषयमा पनि सिआईबीले अनुसन्धान गर्ने भएको छ ।





प्रतिक्रिया