जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ



काठमाडौँ, १५ चैत । विराटनगर महानगरपालिका-२ बस्ने वंशी राठीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२ ३९ वर्षीय बलराम राठी समेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ६ सय ४५ रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-१४ नखिपोट बस्ने शेर बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने पाँचथर घर भएकी ४० वर्षीया योजना लिम्बु समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार ९ सय ५० रूपैयाँ र २४ बुक तास सहित पक्राउ गरेको हो ।