काठमाडौं, १५ चैत्र । सरकारी वकिलको कार्यालयले हिजो विहान पक्राउ परेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको छ ।
म्याथ थपको लागि लेखकलाई अदालतमा उपस्थिति गराईएको छ । तर, एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाको कारण उनलाई भर्चुअल रुपमा जोडिने बताईएको छ । काठमाडौं जिल्ला अदालतमा बहस जारी छ ।




प्रतिक्रिया