काठमाडौँ, १५ चैत । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा ६ वटा समस्या देखिएका छन्। ओलीको स्वास्थ्य अवस्थाबारे त्रिभुव शिक्षण अस्पतालले आज (आइतबार) विज्ञप्ति जारी गरेको छ ।
शनिबार बिहान पक्राउपछि काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पलतामा उपचाररत ओलीलाई विभिन्न किसिमका समस्या देखिएको अस्पतालले जनाएको छ।
मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, हाइपोथाइराइडिज्म , एट्रियल फिब्रिलेसन र कोलेलिथियासिस देखिएको अस्पतालले जानकारी गराएको छ ।





प्रतिक्रिया