खड्कालाई जिल्ला अदालतमा ल्याईयो


काठमाडौं, १५ चैत्र । आज विहान पक्राउ परेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत ल्याईएको छ ।

खड्काविरुद्ध राजश्व अनुसन्धानले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको छ । खड्कालाई आज विहान बुढानिलकण्ठबाट सिआईबीको टोलीले पक्राउ गरेको हो ।