काठमाडौं, चैत १६ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले आफूलाई पक्राउ गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई गिरफ्तारी गरी हाम्रो अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भइरहेको प्रतिशोधात्मक गिरफ्तारीको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ।’
उनले अगाडि लेखेका छन्, ‘यो कार्य बालेन शाह नेतृत्वको निरंकुश र अधिनायकवादी शैलीको सरकार तथा गृहमन्त्री सुदन गुरुङद्वारा सञ्चालित कुकर्म हो। यस्ता कार्यहरूको प्रतिफल उनीहरूले अवश्य भोग्नुपर्नेछ।’
यस्तो छ उनको भनाइ
मलाई गिरफ्तारी गरी हाम्रो अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भइरहेको प्रतिशोधात्मक गिरफ्तारीको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ।
तीन वर्षअघि नै एउटा फेक व्यक्तिलाई अगाडि सारेर मेरोविरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको थियो। उक्त जाहेरी प्रहरी अनुसन्धानबाट नै फर्जी प्रमाणित भइसकेको छ र सोही विषयमा उच्च अदालत पाटन मा दायर गरिएको रिट समेत अदालतले खारेज गरिसकेको छ।
सोही विषयमा पुनः पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन रहेको छ। यस्तो अवस्थामा फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रोपटक नक्कली जाहेरी दिन लगाई मलाई पक्राउ गर्ने योजना बनाएर मिडिया ट्रायल गरिँदै छ।
यो कार्य बालेन शाह नेतृत्वको निरंकुश र अधिनायकवादी शैलीको सरकार तथा गृहमन्त्री सुदन गुरुङ द्वारा सञ्चालित कुकर्म हो। यस्ता कार्यहरूको प्रतिफल उनीहरूले अवश्य भोग्नुपर्नेछ।
मेरो फोन अफ रहेको र म फरार भएको भन्ने प्रचार पूर्णतः भ्रामक र गलत हो। यस्ता हल्ला फैलाएर जनमत भ्रमित गर्ने प्रयास भइरहेको छ। यस्ता कुकर्महरूको परिणाम अन्ततः सम्बन्धित पक्षका लागि नै कठिन साबित हुनेछ।




प्रतिक्रिया