बालेन सरकारका मन्त्रीलाई संविधान र विधि सिकाउन नेविसंघको निःशुल्क कक्षा


काठमाडौं, चैत १६ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको दुईतिहाईको सरकारले राजनीतिक प्रतिशोध राखेर गतिविधि गर्न लागेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ‘निःशुल्क कक्षा’ सञ्चालन गर्न लागेको छ ।

सोमबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा नेविसंघले ‘बालेन नेतृत्वको मन्त्रिपरिषदका लागि निःशुल्क कक्षा’ सञ्चालन गर्न लागेको हो । नेविसंघले निःशुल्क कक्षामा ‘नेपालको संविधान र विधिको शासन’ कक्षा सञ्चालन गर्ने जनाएको छ ।

राजनीतिक प्रतिशोध राखेर बालेन नेतृत्वको दुईतिहाईको सरकारले धमाधम नेताहरू पक्राउ गर्न लागेपछि विरोध भइरहेको छ । संविधान र विधिअनुसार काम गर्नुपर्ने भन्दै नेविसंघले बालेन सरकारका मन्त्रीहरूका लागि निःशुल्क कक्षा सञ्चालन गर्न लागेको छ ।