काठमाडौं, चैत १६ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की दिएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत साम्पाङले ज्यान मार्ने र घर जलाउने धम्की दिने रास्वपाका कार्यकर्ताविरुद्ध उजुरी दिने बताएका छन् । उनले रास्वापाका कार्यकर्ता सुनिता खड्काको तस्बिर पनि सार्वजनिक गरेका छन् ।
साम्पाङले प्रश्न गर्दै लेखेका छन्, ‘मैले प्रतिपक्षको भूमिका निभाउँदै गर्दा यो रास्वपाको समर्थकले मलाई ज्यान मार्ने र मेरो घर जलाउने धम्की देको रैछ । यही हो त रास्वपाको समर्थकको लाइन ?’
‘आजै सीआईबीमा उजुरी लगाउँदैछौँ । हेरौँ सीआईबीले काम गर्छ कि गर्दैन ? सरकारको एकपक्षीय दादागिरी रहे देश अराजकताले निल्नेछ,’ अध्यक्ष साम्पाङले भनेका छन् ।




प्रतिक्रिया