लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ सकियो


काठमाडौँ, १६ चेत । कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि जारी सुनुवाइ सोमबार सकिएको छ ।

सो निवेदनमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो ।गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएकी हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरू विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन गृहमन्त्री लेखकलाई शनिबार पक्राउ गरेको थियो ।