काठमाडौं, १६ चैत्र । जिल्ला अदालत काठमाडौंले एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न अनुमति दिएन । अदालतले बस्नेतलाई पक्राउ गर्न अनुमति माग गरिएको मिसिल फर्काइदिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बस्नेतलाई पक्राउका लागि अनुमति माग गरेको थियो ।
हिजोमात्रै धादिङ स्थायी घर घएकी शोभा पाठकले बस्नेतलाई पक्राउको माग गर्दै पूरक निवेदन दिएको भनिएको थियो । तर, आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुव कार्कीले पक्राउ अनुमति नदिएका हुन् । file photo




प्रतिक्रिया